प्रेमनारायण आचार्य
पाणिनी, अर्घाखाँची ७ जेठ । अर्घाखाँचीको पाणिनी गाँउपालिकाले कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको छ । परम्परागत कृषि पेशालाइ ब्यबसायीक र आधुनिकीकरण तर्फ बिकास गराउन कृषक हरुलाइ ४० वटा हाते ट्याक्टर बितरण गरेको हो ।
पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले कृषकहरुलाई हाते ट्याक्टर बितरण गर्दै ।
श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।
पाणिनि गाँउ पालिकाले कृषिमा आधुनिकीकरण तर्फ अगाडी बढाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको गाँउ पालिकाका अध्यक्ष अच्युत गौतमले बताए । ५० प्रतिशत सहुलियत अनुदानमा ट्रयाक्टर पाएपछि कृषकहरु हर्षित भएका छन ।
पाणिनि गाँउ पालिकाका अध्यक्ष गौतमले ट्रयाक्टर वितरण गर्दै छिटो छरितो बेमौसमी खेतीगर्ने कृषकलाई ट्रयाक्टर महत्वपुर्ण हुने बताए । यस आर्थिक बर्षमा कृषि कार्यक्रम अन्तरगत ४० वटा हाते ट्रयाक्टर कृषक समुह तथा सहकारीले ५० प्रतिशत अनुदानमा वितरण गर्न थालिएको हो ।
परम्परागत रुपमा गोरु जोतिने स्थानमा पावरटेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरेको उनको भनाई छ । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्रयाक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने बताएका छन् ।