ठेक्का लिएर समयमा काम नसकेको आरोपमा सन्धिखर्कबाट पक्राउ परेका ठेकेदार विरुद्द मुद्दा दायर

Image result for प्रहरी कार्यालय अर्घाखाँची
सहयोगी बिसी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट गत जेष्ठ ६ गते आइतबार पक्राउ परेका ठेकेदार बिबेक पौडेललाई शान्ती सुरक्षा अमनचयनमा खलल पुर्‍याएको भन्दै जिल्ला प्रहरी  कार्यालय अर्घाखाँचीले शान्ती सुरक्षा ऐन अन्तरगत मुद्दा दायर गरेको छ।
सालझन्डी ढोरपाटन बाटो निर्माणका लागि ठेकेदारको प्रतिनिधिका रूपमा  रहेका तनहुँ ब्यास नगरपालिका निबासी ३२ बर्षका बिबेक पौडेललाई सन्धिखर्कबाट पक्राउ गरि मुद्दा चलाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानाकारी दिनु भएको छ।
जि. टि. जयबाबा जे. भि. कन्ट्र्क्सन काठमाडौंका ठेकेदार श्याम श्रेष्ठको प्रतिनिधि भएर बिगत ४-५ बर्ष देखि कामगर्दै आइरहेको र विभिन्न स्थानका ब्यक्ती कामदार फर्महरु समेतलाई काम गरेको रकम समेत भुक्तानी नदिएको पिडितको भनाई रहेको छ। श्रेष्ठले ढोरपाटन बाटो सडक खण्ड अन्तर्गत कंचनखोला ,ढुंग्रीखोला र निगाली सम्मको १७ किलोमिटर बाटो ग्याभीङ नाली ,ग्राभेल निर्माणमा लिईएको जिम्माको काम मध्ये ४ बर्षमा २ किलोमिटर मात्र काम सम्पन्न गरेका छन् । 
  दिएको जिम्मेवारी समयमा सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्ने कास्की जिल्ला भएपनि मुद्दा चलाउने ७७ जिल्लामा अर्घाखाँची पहिलो भएकोमा प्रशासनको यो कामप्रती सर्बत्र प्रशंसा र उदाहरणीय कामको बारेमा देशैभरिका संचार माध्यममा  प्रचारमा आएको छ।