सन्धिखर्कमा हुने प्रदेश न.५ स्तरिय दोहोरी गीत प्रतियोगिताको तयारी पुरा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा यही जेष्ठ ११/१२ र १३ गते हुने प्रदेश न.५ स्तरिय दोहोरी गीत प्रतियोगिताको तयारी पुरा भएको छ । 
अर्घाखाँची कलाकार समाज काठमाडौको आयोजनामा सन्धिखर्कको टुडिखेलमा हुन गईरहेको ५ नम्बर प्रदेश स्तरिय दोहोरी प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको संस्थाका अध्यक्ष मधुसुधन बन्जाडेले सन्धिखर्कमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको बिषयमा जानकारी  दिएका थिए । 
आयोजकले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार प्रदेश नम्बर ५ मा रहेका १२ जिल्लाका बिभिन्न कलाकारहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम  आगामी जेष्ट ११ र १२ गते बिहान १० बजे देखि साँझ ५ बजेसम्म हुनेछ ।
कार्यक्रममा सहभागीता हुन २ हजार रुपैया शुल्क लाग्ने छ । यस्तै दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र सहित ५१ हजार रुपैया, दोस्रो हुनेलाई प्रमाण पत्र सहित ३१ हजार रुपैया र तेस्रो हुनेलाई प्रमाण पत्र सहित २१ हजार  रुपैया र सन्त्वना पुरस्कार प्रमाण पत्र सहित ११ हजार रुपैया र उत्क् ट गायक र गायिका पुरस्कार ५/५  हजार रुपैया राखिएको छ ।
साथै प्रतियोगितामा दर्ता हुने अन्तिम मिती भोली जेष्ट १० गते सम्म तोकिएको छ ।