प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १० जेठ । अर्घाखाँचीका ६ वटै स्थानीय तहमा तत्काल पालिका स्तरीय विपद ब्यबस्थापन समितिको गठन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यलयमा आज बिहिबार बसेको जिल्ला स्तरीय विपद ब्यबस्थापन समितिको बैठकले दैबिक प्रकोप र बिपदको पुर्ब तयारीको लागि पालिका स्तरीय बिपद ब्यबस्थापन समितिको गठन गर्ने, सबै विषयगत कार्यलयहरु तयारी अबस्थामा रहने निर्णय गरेको छ ।
बिपदको समयमा तत्काल उद्धार र राहतका कार्यक्रमहरु सञ्चालन गर्नका लागि नेपाली, सेना, नेपाल प्रहरी, जनस्वास्थ्य, जिल्ला बन कार्यलय, खानेपानी कार्यलय, रेडक्रस, गैर सरकारी सस्था र राजनितक दलका कार्यक्रताहरु सक्रिय भएर लाग्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो ।
उद्धारको लागि नेपाली सेना र नेपाल प्रहरी तथा बिपदको समयको लागि चाहिने अत्याबस्यक ओषधी जिल्ला स्वास्थ्यय कार्यलयले तयरी अबस्थामा राख्ने, राहतको लागि रेडक्रस तथा अन्य निकाय तयारी अबस्थामा रहने र अन्य कार्यलयहरुले दिने सुविधा छिटो भन्दा छिटो प्रदान गर्ने बिषयमा बैठकमा छलफल भएको थियो ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल, नेकपाका जीबनारायण कोइराला, छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका गोपाल पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल, जिल्ला बन कार्यलयका प्रमुख दिपक गौतम, जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर जगन्नाथ तिवारी, उद्योग वाणिज्य संघका महासचिव नेत्र प्रसाद भुसाल, रेडक्रसका जिल्ला सभापति शम्भु पोख्रेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसि, प्रदेस सदस्य प्रेमनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, भुमिकास्थान नगरपालिकाका हरि प्रसाद अर्याल, पाणिनिका तिलक गौतम, मालारानीका नेत्र खनाल, गैरसरकारी सस्था महासंघका ठाकुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।