सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले स्वास्थ्य क्षेत्रको बिकास बिना समुन्नत नगरपालिका बन्न नसक्ने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका अन्तरगतका बिभिन्न स्वास्थ्य चौकीहरुमा पूर्ण खोप सुपरिवेक्षण तथा अनुगमन गर्दै भुसालले यस्तो बताउनु भएको हो । अनुगमन मा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले स्वास्थ्य संस्थाहरुबाट पाउने सबै खाले सेवा सुबिधा दिन कुनै कन्जुस्याइँ नगर्न अाग्रह गर्नु भयो । उहाले स्वास्थ्य क्षेत्रको बिकासका लागि अाफुहरु लागि परेको बताउदै गुणस्तरीय सेबाका लागि बजेटको कुनै कमि हुन नदिने बताउदै नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा अौषधिको कमिहुन नदिन कर्मचारी लाई निर्देशन दिनु भएको हो ।
अनुगमन कै क्रममा नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको टोली अनुगमनका लागि स्वाथ्य संस्थाहरुमा पुगेपछि त्याहाका स्थानियहरु अत्यान्तै हर्सित भएका थिए । अहिले नगरपालिकाका प्रमुख उपप्रमुखले बिकास निर्माणका कामहरु पारदर्सि ढंगले गरेका छन् या छैनन् भनेर अनुगमन गरेपछि अहिले गुरणस्तरिय काम भएको स्थानियहरुले बताएका छन् ।