सन्धिखर्कको टुडिँखेलमा ५ नम्बर प्रदेश स्तरिय दोहोरी प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रम शुरु (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित टुडिँखेलमा ५ नं. प्रदेश सिटि एक्सप्रेस स्तरिय दोहोरी प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रम २०७५ शुरु भएको छ । 
अर्घाखाँची कलाकार समाज काठमाडौको आयोजनामा शुरु भएको प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए । रायमाझीले नेपाली कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिदै नेपालको कला, संस्कृति तथा दुर्लभ नाचहरुको संरक्षण गरी भावी पिँढीलाई पनि हेर्ने तथा अनुुभूत गर्ने मौका दिनु सरकार तथा कला प्रेमीको दायित्व रहेको बताएका थिए । यस्तै रायमाझीले संस्कृति, नाटक, नृत्य बाजा तथा गीतसंगीतको संरक्षण गर्ने, खोज तथा अनुसन्धान गर्नका सवै एकजुट हुनुपर्ने बताए ।     
सन्धिखर्कको टुडिँखेलमा भएको उद्घाटन समारोहमा प्रदेश नम्बर ५ का सासंदहरु चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, निर्मला क्षेत्री, जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल लगायतले आफ्नो मन्त्वय राखेका थिए । 
कार्यक्रमको उद्धघाटन समारोह अर्घाखाँची कलाकार समाज काठमाडौका अध्यक्ष मधुसुदन बन्जाडेको अध्यक्षता, द्धितिय उपाध्यक्ष जिवन परियारको स्वागत र सचिव विश्वास नेपालको सञ्चालनमा सम्पन्न भएको हो । 
प्रदेश नम्बर ५ मा रहेका १२ जिल्लाका बिभिन्न कलाकारहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । १३ गतेसम्म चल्ने दोहोरीमा दोहोरी प्रतियोगीतामा प्रदेश नम्बर ५ का जिल्लाका १२ टिमको सहभागिता रहेको छ । 
दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र सहित ५१ हजार रुपैया, दोस्रो हुनेलाई प्रमाण पत्र सहित ३१ हजार रुपैया र तेस्रो हुनेलाई प्रमाण पत्र सहित २१ हजार  रुपैया र सन्त्वना पुरस्कार प्रमाण पत्र सहित ११ हजार रुपैया र उत्क् ट गायक र गायिका पुरस्कार ५/५  हजार रुपैया राखिएको छ ।
साथै कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. २ रुब्दिनिबासी ८४ बर्षिय लक्ष्मी नारायण आचार्य ( नानी बाबू ) भुमिकास्थान नगरपालिका वडा नं.३ धारापानी निवासी ७५ बर्षिय खिम बहादुर केसी, सन्धिखर्क नगरपालिका वडा नं.१ निवासी ७२ बर्षिय लक्ष्मीदेबि भुसाल लगायत पुराना श्रस्टाहरु सम्मानित भएका थिए ।