छत्रदेबमा जनप्रतिनिधी र स्थानीयलाई योजना तर्जुमा सम्बन्धी अभिमुखकीकरण (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता  
छत्रदेब, अर्घाखाँची जेठ ११ , २०७४ । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा योजना तुर्जमा सम्बन्धी अभिमुखकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
 पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत भएको योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यसका चरण तथा प्राथमिकिकरणको तरिका लगायतका आधारभुत पक्षको बारेमा जानकारी गराइएको थियो । 
तालिममा एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा अर्याल, अर्घाखाँची शाखा अध्यक्ष हृदय कुमार भुसाल, संस्थाका सहजकर्ता ओम कार्की लगायतले योजना तर्जुमा प्रक्रिया तथा यसको बिधीको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा छत्रदेब गाउँपालिका अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोख्रेलको प्रमुख आथित्यता, उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ लगायतको बिशिष्ठ आथित्यता रहेको थियो । 
कार्यक्रममा वडाअध्यक्ष शोभाखर पाण्डेले गाउँपालिका र वडाकार्यलयले सञ्चालन गर्दै आएको योजना तुर्जमा प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम पारष्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालन तथा वडाध्यक्ष शोभाखर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।