प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १३ जेठ । अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको पाँच नम्वर प्रदेश स्तरीय खुल्ला लोक दोहोरी गित प्रतियोगीताको उपाधी अर्घाखाँची लोक दोहोरीले प्राप्त गरेको छ ।
लोक दोहोरीको फाइनलमा लोकदोहोरी गित प्रतिष्ठान दांगलाइ हराउदै अर्घाखाँची लोक दोहोरी गित प्रतिष्ठानले उपाधी हात पारेको हो । विजेताले ५१ हजार नगद, सम्मान पत्र समेत प्राप्त गरेको छ । द्धितीयको उपाधी दांग लोक दोहोरी गित प्रतिष्ठानले हात पारेको छ ।
अर्घाखाँची कलाकार समाज काठमाण्डौको आयोजनामा सम्पन्न भएको प्रदेश स्तरीय खुल्ला दोहोरी गित प्रतियोगीतामा ५ नम्बर प्रदेशका बिभिन्न जिल्लाका १२ टिमको सहभागीता रहेको थियो ।
अर्घाखाँचीमा रहेका लोक तथा सास्कृतिक विशेषतालाइ देस तथा विदेशमा चिनाउन र जिल्लामा रहेका कला र गलाको सम्मान गर्न लोक दोहोरी गित प्रतियोगीताको आयोजना गरिएको आयोजक अर्घाखाँची कलाकार समाज काठमाण्डौका अध्यक्ष मधुसुदन बन्जाडेले बताउनु भयो ।
प्रतियोगीताको उद्घाटन गर्दै पुर्ब उपप्रधान मन्त्री टोपबहादुर रायमाझीले कलासंस्कृति समाजको महत्वपुर्ण अंग भएकोले यसको संरक्षणको लागी ध्यान दिनुपर्ने बताउनु भयो । ईतिहासको जगमा टेकेर लोकसंस्कृतिको बिकास गर्नु आजको आबश्यकता भएको बताउदै सांसद रायमाझीले देशको बिकास र समृद्धीको लागी सबै एकजुटहुनुपर्ने धारणा राख्नु भएको थियो ।