बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमाेर्चा (राजमो) जिल्ला समिति अर्घाखाँचीकाे जिल्लाको सदरमुकाम सन्धिखर्कमा सम्पन्न चाैथाे जिल्ला सम्मेलन थम्मन के.सीलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।
जिल्ला समितीको उपाध्यक्षमा गोपाल पौडेल, सचिबमा बाबुराम सुनार, कोषाद्क्ष्यमा यमलाल पोख्रेल, सहसचिबमा तुल्सा कुवर रहने गरि २३ पुर्ण ७ बैकल्पिक गरि ३० सदस्यिय जिल्ला समिती चयन गरिएको हो ।
सम्मेलनद्वारा निर्वाचित जिल्ला समिती:
अध्यक्ष : थम्मन के.सी, सनपा
उपाध्यक्ष : गोपाल पौडेल, भुनपा
सचीव : बाबुराम पन्थी,भुनपा
सहसचिव : तुलसा कुवर, मालारानी
कोषाध्यक्ष : यमलाल पोख्रेल, सनपा
सदस्यहरु : मिनराज भट्टराई, पाणिनी
” भविष्यर वन्जाडे, मालारानी
कृष्ण केसी, मालारानी
मेघराज खनाल, भुनपा-१
कविराम खनाल, भुनपा
मिना आले, भुनपा
पदम केसी, सनपा-६
मान बहादुर राना, भुनपा
गोपाल पाण्डे, सनपा
गोविन्द बिसी, सनपा
रुद्र पराजुली, सनपा
गङगाराम खनाल, सनपा
जोग बहादुर सारु, सितगङ्गा
कृष्ण बहादुर सुनार, मालारानी
नेत्र प्रसाद गैरे, छत्रदेव
नारायण प्रसाद घिमिरे, भुनपा
डिल बहादुर खत्री, मालारानी
गोकर्ण मुखिया, छ्त्रदेव
वैकल्पिक सदस्य :
देव बहादुर रावल, पाणिनि
गोविन्द थापा, सितगङ्गा नपा
सुदिप पन्थी, मालारानी
लेखनाथ भुसाल, सनपा
सुमित्रा थापा, भुनपा
कमल प्रसाद घिमिरे, सनपा
सीता भट्टराई, सनपा
सल्लाहकारहरु
सागर केसी
पशुपति ढकाल
नरेन्द्र थापा
खडक बहादुर थापा
जीवनारायण खनाल
चेतनारायण गैरे
तुल्सी वेलवासे
भिमलाल आचार्य
दिलदार हुसैन
पिताम्बर घिमिरे
सिद्दी प्रसाद भट्टराई
निर्वाचित अध्यक्ष थम्मन केसीले हिजो मात्र नेकपा मसालको पार्टी जिल्लाको प्रवक्ताबाट राजिनामा दिएका थिए ।
सम्मेलनको राष्ट्रिय जनमाेर्चा केन्द्रीय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्र बहादुर के.सी.ले शनिबार एक समारोहका बिच उद्घाटन गरेका थिए । केसीले आम्दानी बिनाको खर्च देशले थेग्न नसक्ने र संघीयता खारेज नभएमा संघीयताले देश नै खारेज हुने स्थिति आउने र देश नाइजेरिया जस्तै हुने खतरा रहेको बताए । कार्यक्रमको उदघाटन गर्दै केसीले कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतलाई बुझाएको भन्दै नेता केसीले देशमा वामपन्थीको सरकार भएपनि भ्रष्टाचार, महंगी र कालोबजारी बढेको बताउदै सरकारले राष्ट्रवादी कुरा गरेपनि देशको राष्ट्रियता, सार्भभौमिकता र अखण्डता कमजोर बनेको बताए ।
विदेशबाट आउने रेमिटान्सले देश चल्न नसक्ने भन्दै वार्षिक रुपमा विदेशबाट आउने ७ खर्वले अब यो देशलाई धान्न नसक्ने बताए ।
उनले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै अधिकार दिएर संघीय प्रदेश खारेज गर्नुपर्ने बताउँदै केन्द्र र स्थानीय तहलाई जोड्न सानो प्रशासनिक इकाई भए पुग्ने बताए ।