सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ३ छापडाडाँ निवासी दुवै मृगौला फेल भएका ४० वर्षिय प्रेमबहादुर राक्से थापालाई कांग्रेसले आर्थिक सहयोग गरेको छ ।
आफ्नो दैनिकी चलाउँने खर्च बचाएर नेपाली कांग्रेसको भातृ संगठन नेपाल जनसम्पर्क समिती बहराइनका अध्यक्ष पदम सुन्दर गुरुङको नेतृत्वमा संकलित ४१ हजार एक रुपैँया नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कानले प्रेमबहादुरका बुबा कृष्णबहादुर राक्से मगरलाई हस्तान्तरण गर्नु भएको हो मुस्कानले कांग्रेस सवैको दुःख सुखमा साथ दिने बताउदै अागामि दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। सोही कार्यक्रममा नै कांग्रेस सन्धिखर्क नगरपालिका बार्ड नम्बर ३ बाट संकलीत २१ हजार २ सयँ २० रुपैँया पनि कार्यक्रम का प्रमुख अतिथि बिस्नु खनाल मुस्कान र वडा अध्यक्ष लिला राम गौतमले सयुक्त हस्तान्तरण गरेका हुन ।
आफ्नो दैनिकी खर्च वापतको रकम बचाएर नेपालीबाट संकलन गरिएको पैसाले उपचारमा सहयोग पुग्ने र आउँदो दिनमा पनी सहयोग गर्दै जाने जनसम्पर्क समितीका अध्यक्ष पदम सुन्दर गुरुङ को भनाई छ ।प्रेम थापा दुवै मृगौला फेल भई उपचारको सिलसिलामा भारतको दिल्लीमा रहेका छन । उनलाई श्रीमती दिना राक्से मगरले एउटा मिगौला दिने परिवारले जनाएको छ । उनको उपचारका गर्न २३ लाख अस्पतालले मागेको र अाफुहरु सित त्यो रकम नभएको परिवारले जनाएको छ ।
कार्यक्रममा जिल्ला सभापति बिस्नु मुस्कान उपसभापति शान्ता भन्डारि नेपाल तरुणदलका अध्यक्ष नारायण खड्का सनपा १२ का सभापति लिलाधर बस्याल पत्रकार माहासघका अध्यक्ष हिम लेकालि प्रेसयुनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल नेबिसघका उपाध्यक्ष सुरज रायमाझी लगाएतले सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।कार्यक्रम लिलाम गौतम को अध्यक्ष ता सुर्य भुसालको सन्चालनमा सम्पन्न भएको हो ।