अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा विभिन्न कार्यक्रम गरी ११ औ गणतन्त्र दिवस मनाइएको छ ।
सदरमुकाम सन्धिखर्कमा गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा प्रभातफेरी निकालिएको थियो । सो अवसरमा सन्धिखर्कको आटिकापाटा कारागारमा रहेका कैदी र जिल्ला अस्पताल अर्घाखाँचीका विरामीलाई फलफुल वितरण गरिएको थियो ।
सन्धिखर्कको टुडिखेलबाट निकालिएको -यालीले शान्तीबगैँचा हुँदै अस्पताल, कारागारमा फलफुल वितरण गरी पछि अस्पतालमा प्रवचन कार्यक्रम गरी सम्पन्न गरी सम्पन्न भएको थियो ।
कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल, उपप्रमुख ठाकुर विक, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाल कम्युनिष्ट पार्टीका जिवनारायण कोईराला, कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान र नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष हिमबहादुर जिसी लगायतको सहभागीता रहेको थियो ।