सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क अस्पतालमा क्यु आइ टुल्सद्धारा गुणस्तर सुधार तथा ब्यबस्थापनमा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको तालिममा अस्पतालमा छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न के कसरि ब्यबस्थापन गर्न सकिन्छ भन्ने विषय समेटिएको थियो ।
तालिमको समापन समारोहमा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले सन्धिखर्क अस्पताललाइ नमुना अस्पतालको रुपमा विकास गर्नु पर्ने बताउनु भयो । उहाले अस्पतालबाट प्रदान हुने सेवा प्रबाहमा कुनै कमि हुन नदिन स्थानीय सरकार लाग्नु पर्ने बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर जगन्नाथ तिवारीले ब्लड बैंक नहुदा अप्रेसनगरि प्रसुती गराउन समस्या भएको बताउनु भयो । अप्रेसनकालागि दक्ष जनशक्ति र सामाग्रीहरु भएपनि ब्लड बैंक नहुदा अप्रेसन गर्न समस्या आएको बताउनु भयो ।
समापन समारोह अस्पताल विकास समितिका अध्यक्ष उमेश घिमिरेको अध्यक्षता र सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो ।