अर्घाखाँचीका निजी स्कुलहरुले बालबालिकालाई बुद्ध २ नम्बर प्रदेशमा जन्मेका हुन भनी गलत शिक्षा पढाउदै,बोर्डिङहरुलाई कडा कारबाहीको माग

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा महँगो शुल्क लिएर पठाउदै आएका निजी विद्यालयहरुले (बोर्डिङ) गलत पुस्तक पढाइरहेको छन् ।
सन्धिखर्क लगायत जिल्लाभरका बोर्डिङ स्कुलहरुले पढ्न पाठनमा ल्याएको कक्षा ८ को Social Studies किताबमा बुद्ध २ नम्बर प्रदेशमा जन्मेका हुन भनेर लेखिएको छ । 
Readmore Publishers ले प्रकाशन गरेको र Yojana Karmacharya Editor रहेको किताबमा भ्रमपूर्ण बुद्ध २ नम्बर प्रदेशमा जन्मेका हुन भनेर पढाईदै आएको छ । 
उता महँगो शुल्क तिरेर बालबालिका पढाउने अभिभावक बोर्डिङहरुले सामान्य गल्ती नगरेको भन्दै आफ्ना बालबालिकालाई गलत शिक्षा दिइरहेका जिल्लाका सबै बोर्डिङहरुलाई  कडा कारबाही माग गरेका छन् ।  
कुनै पनि विद्यालयले पढाउने पुस्तकको बारेमा जिल्ला शिक्षा कार्यालयको अनुमति लिनु पर्छ तर अर्घाखाँचीमा बोर्डिङहरुले मनपरी गर्दै आएका छन् ।
जिल्लाभर बोर्डिङ स्कुलको नाममा मनपरी भर्ना, मार्सिक शुल्क उठाउदै गलत शिक्षा दिइरहेका जिल्लाका सबै बोर्डिङहरु के-कस्तो कारबाहीमा पर्ने हुन हेर्न  बाँकी छ ।     
अर्घाखाँचीमा गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिर्दै आफ्ना बालबालिकालाई बोर्डिङमा पढाउने फेशन चलेको छ । भने सरकारी विद्यालयहरुले पनि बोर्डिङमा सरह गुणस्तरीय शिक्षा दिदै आएका छन् ।    – अर्घाखाँचीडट्कम