सन्धिखर्कको नेशनल प्याथ ल्याबको चरम लापर्वाही, पिसाव परीक्षण गर्ने बिरामीको रगत परीक्षण गरियो (भिडियो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  सस्तोको नाममा केही समय अगाडि अर्घाखाँची जिल्लाको सन्धिखर्कमा खोलिएको नेशनल प्याथ ल्याबले चरम लापर्वाही गरेको भेटिएको छ ।
जिल्लाको भूमिकास्थान नगरपालिकाका ७ घोराखोरीका हेमन्त बिक बिरामी भई स्वास्थ्य जाँच गराउन सन्धिखर्क आए । सन्धिखर्कको लुहेस्को प्लोलिक्लिनीकमा स्वास्थ्य चाँच गराएका उनले डाक्टरको सल्लाह बमोजिम भर्खर मात्रै खुलेको नेशनल प्याथ ल्याबमा पिशाब परीक्षण गर्न पुगे । तर ल्याबका कर्मचारीले स्वास्थ्य कर्मीहरुले रगत परीक्षण गरेर पठाए ।
वर्ष ३८ का बि.क फेरी लुुहेस्कोमा जाँदा उनीबाट फेरी रगत परीक्षणका लागि ब्लड निकाल्न थालेपछि थाहा भयो की ११ सय ५५ रुपैया लिएर  नेशनल प्याथ ल्याबमा पिशाव परीक्षण नगरी ब्लड परीक्षण त्यसमा पनि थाइराइड परीक्षण गरेको भेटियो ।
स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रमा शरीरको एउटा अंगको अपरेशन गर्दा अर्कै अंकको अपरेशन गरेको देशमा खबरहरु आउँदै गर्दा जिल्लाका सुबिधा सम्पन्न स्वास्थ्य संस्थाले समेत सोही खालको घट्नालाई देखाएको हो । यसले भर्खर मात्रै खुलेको नेशनल प्याथ ल्याब अर्घाखाँचीको विश्वसनीयता खस्केको छ । देशकै अत्याधुनीक सुबिधा सम्पन्न उपकरणबाट ल्याव सेवा दिइने भएपनि विरामीको अनावश्यक बिषयको परीक्षणले ल्याबको विश्वसनीयता माथि प्रश्न चिन्ह खडा भएको छ ।
यसरी विरामीले सास्तीको महशुस गर्ने गरेका छन् । पछि फेरी बिकले पिसाव परीक्षण गरेको उनले बताएका छन् ।
यहाँ सस्तोको नाममा  २५ सय रुपैयामा होलबोडी चेक अप गराउन आएकाहरुलाई विभिन्न परिक्षण गर्ने बहानामा थुप्रो पैसा असुल गर्दै आएको  विरामीले बताएका छन् ।
पिसाव परीक्षण गर्नुपर्ने बिरामीको रगत परीक्षण गर्ने नेशनल प्याथ ल्याबलाई कडा भन्दा कडा कारबाही र बन्द गराउन स्थानियबासीले प्रशासन लगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।