सन्धिखर्कभरबाट ठूलो परिणाममा अबैध घरेलु मदिरा बरामद (तस्बिर सहित)

(पहिलो प्रकासित मिती: २०७५ ज्येष्ठ १७, विहीवार)

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्कका विभिन्न स्थानबाट बरामद गरेको ठूलो परिणामको अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
अर्घाखाँची प्रहरीले नियन्त्रणमा लिएको एक हजार लिटर घरेलु मदिरा नष्ट गरेको हो । प्रहरीले अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार हटारी, अस्पताल लाईनबाट ३१ लिटर, फुदबाङ बजार १३० लिटर, पाणिनीचोक बसपार्क तथा हललाईन ५० लिटर, चुत्राबेशी – भद्रीखोला- घोंचेखोला ३५० लिटर, रतहले बजार ६० लिटर, ट्राफिकचोक तल्लो लाइन ३० लिटर, शान्तिबगैंचा ३ वटा लाईन १६३ लिटर गरी १ हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट बिहीवार खटिएको प्रहरी टोलीले सन्धिखर्क नगरपालिका भित्र पर्ने बजार एरियाबाट अवैध मदिरा सेवन गरी हुन सक्ने सुरक्षा चुनौतीलाई न्युनिकरण गर्न बरामद गरिएको १००० लिटर अबैध मदिरालाई प्रमूख जिल्ला अधिकारी खिमराज भुसाल, नि. प्रहरी कार्यालय प्रमुख प्रदीप कुमार डि.सी., लयायत जिल्लामा रहेका पत्रकारहरुको रोहवरमा प्रहरी कार्यालयको हाता नष्ट गरिएको थियो ।
अवैध घरेलु मदिराको कारण घरेलु हिंसा बढेको र अपराधिक गतिविधि बढेको हुँदा घरेलु मदिरा नियन्त्रण अभियान सुरू गरेको प्रहरीले बताएको छ ।