स्पेनका समाजवादी नेता पेद्रो सान्चेस नयाँ प्रधानमन्त्रीमा निर्वाचित

Image result for pedro sanchez
स्पेनका समाजवादी नेता पेद्रो सान्चेस नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
बहालवाला प्रधानमन्त्री मारियानो राखोएले संसद्मा विश्वासको मत गुमाएपछि पेद्रो प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राखोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बनेका छन् ।
उनको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए ।
सोसलिष्ट पार्टी, विपक्षी पार्टी पोएदेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीहरुले पनि पेद्रोलाई मतदान गरेका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि सान्चेसले आफ्नो जिम्मेवारीप्रति आफू सतर्क रहेको बताएका छन् ।
स्पेनको जटील राजनीतिक अवस्थालाई व्यवस्थापन गर्नु आफ्नो मुख्य चुनौती रहेको उनको भनाइ छ ।
उनले आफू वार्ता मार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताएका छन् ।
स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नवनिर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिएका छन् ।
उनले निवर्तमान प्रधानमन्त्री राजोएविरुद्ध भ्रष्टाचारको आरोपसहित संसद्मा अविश्वासको प्रस्ताव राखेका थिए ।
अविस्वासको प्रस्ताव विरुद्ध राजोएले विश्वासको मत पु¥याउन नसकेपछि सन्चेज प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । (एजेन्सी)