प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २० जेठ । सन्धिखर्क नगरपालिकाले विकास निर्माणका कामहरुको अनुगमनलाई तिब्रता दिएको छ ।
विकासका योजनाहरुको अनुगमन र मुल्यांकन गरेर मात्र भुक्तानी दिन तथा भएका विकास निर्माणका कामहरु कतिको दिगो रुपमा भैरहेका छन भनेर अनुगमनलाइ तिब्रता दिएको नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विबकले बताउनु भयो । उहाले भएका कामको गुणस्तरीयता प्रदान गर्नकालागि र विकासमा पारदर्शिता कायम राख्न अनुगमनलाइ तिब्रता दिएको बताउनु भयो ।
सन्धिखर्क वाड नम्वर ४ मा आज आइतबार अनुगमन गरिएको छ ।
अनुगमनमा नगरपालिकाबाट बजेट विनियोजन भएका मोटरबाटो, खानेपानी आयोजना, महिला सहकारी भवन निर्माण, मन्दिर निर्माण, तालिम हल, मस्जीद निर्माण जस्ता योजनाहरुको अनुगमन गरि कामको अनुगमन गरिएको हो ।