सन्धिखर्कमा बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग अनुशिक्षण तालिम शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा “बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग” अनुशिक्षण तालिम शुरु भएको छ ।
विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण) अन्तर्गत “बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग” अनुशिक्षण तालिमको प्रहरी निरीक्षक प्रदीप कुमार डि.सी. उद्घाटन गरेका थिए । 
  
जेष्ठ २३ गतेसम्म चल्ने तालिममा ६ जना प्रहरी हवाल्दार र २४ जना प्रहरी जवान र १ जना महिला प्रहरी कर्मचारी गरी ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।