छत्रदेबमा सिलाई कटाई तथा बाख्रा पालन तालिम सन्चालन (तस्बिर सहित)

प्रेम खड्का 
छत्रदेब, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकामा सिलाई कटाई तालिम सन्चालन भएको छ । 
दिगो तथा सम्मानित रोजगारका लागि सिप परियोजनाको प्रायोजनमा सन्चालन तालिम आगामी असार १५ गतेसम्म चल्ले छ । 
तलिममा दर्जन बढी महिलाहरुको सहभागीता रहेको छ ।  
 गाउँपालिका स्तरिय बाख्रा पालन तलिम शुरु
यस्तै जिल्लाको छत्रदेबमा गाउँपालिका स्तरिय बाख्रा पालन तलिम शुरु भएको छ । 
दिन दिन सम्मा चल्ने तालिममा ४० जना किसानहरु सहभागीता रहेको छ ।  
तालिममा अर्घातोष पशुसेवा केन्द्रका प्रमुख उमानाथ पन्थी, पशुसेवा शाखाका संयोजक नारायण खनालले प्रशिक्षण दिएका छन् ।