सन्धिखर्कमा कृर्षकहरुलाई उन्तजातका रागा तथा पलास्टिक टनेल बितरण

सुर्य भुसाल 
मालारानी, अर्घाखाँची। सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरे सम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ ।
भुसालले नगरपालिका भित्रका सबै वार्डहरुमा कृर्षि पशुपालन सिपमुलक तालिमलाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु ब्याभारमा उतार्न अाग्रह गर्नु भएको हो ।
नगरपालिका भित्रका स्थानिय कृर्षकहरुलाई उन्तजातका रागा तथा पलास्टिक टनेल बितरण कार्यक्रममा  बोल्दै नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन अाफसहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानि रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकास निर्माण कृर्षि पशु  पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो । 
कार्यक्रममा पशुसेबा कार्यलयका प्रमुख लोकनाथ पौडेल सन्धिखर्क वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम लगायत कृर्षक कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।