सन्धिखर्क नगरप्रमुख भुसालद्दारा हराभरा नगरपालिका बनाउन अाफुहरु निस्वार्थ रुपमा लागि परेको उल्लेख

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरेसम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ ।
भुसलले नगरपालिका भित्रका सबै वार्डहरुमा कृर्षि पशुपालन सिपमुलक तालिमलाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु ब्यबहारमा उतार्न अाग्रह गर्नु भएको हो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १०  ले बिहार बजारमा गरेको सिलाई कटाई तालिमको समापन समारोहमा बोल्दै   नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन अाफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानी रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकास निर्माण कृर्षि पशु  पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो । 
कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले तालिममा सिकेका कुराहरुलाई व्यबहारमा उतार्नु पर्ने बताउदै अब बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको थियो।  
कार्यक्रममा घरेलु तथा सानाउधोग बिकास समितिका प्रमुखको पनि सहभागिता रहेको थियोे । कार्यक्रम वार्ड अध्यक्ष लक्ष्मिनारायण चुदालिको अध्यक्षतामा सम्पन्न भएको हो ।