सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरे सम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ ।
भुसालले नगरपालिका भित्रका सबै वार्डहरुमा कृर्षि पशुपालन सिपमुलक तालिमलाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु व्यहारमा उतार्न अाग्रह गर्नु भएको हो ।
सामुदायिक स्वास्थ्य प्रबर्द्धन कार्यक्रम अन्तरगत महिला स्वाथ्य स्यम सेविकाहरुका लागि अायोजना गरिएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन आफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानी रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकास निर्माण कृर्षि पशु पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले तालिममा सिकेका कुराहरुलाई व्यहारमा उतार्नु पर्ने बताउदै अब बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवाली वार्ड अध्यक्ष युवराज बन्जाडे मोतिजङ रायमाझी लिला गौतम जिल्ला स्वास्थ्य कार्यालयका गणेश पौडेल नगरपालिका स्वास्थ्य ईकाई प्रमुख पुन्य पराजुली लगायतले मन्तब्य राखेका थिए ।