नरपानीको घुम्टी दहखोलामा फेला पारिएका दुई बालकलाई आफन्तको जिम्मा

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नरपानी मुनि घुम्टी दहखोलामा फेला पारिएका दुई जना बालकलाई प्रहरीले आफन्तको जिम्मा दिएको छ ।  
पुर्कोट दह मैदानेका वर्ष १३ का शंकर बिक, ९ वर्षका कमल बिकलाई दहखोलामा फेला पारी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आफन्तको जिम्मा दिएको हो । 
खल्तीमा बिना पैसा पुर्कोट देखि बुटवल जान पैदल हिड्दै आएका दुई बालकलाई प्रहरीको गस्ती टोलीले दहखोलामा फेला पारेको थियो । उनिहरु बुटवल जान भनेर भागेर घरबाट हिंडेका आफन्तले बताए ।
उता इजरायलबाट समाजसेवी युवराज थापाले २ बालकलाई घरसम्म पुग्न एक हजार रुपैया र कपडा सहयोग गरेका थिए ।