हरि आचार्य
ठाडा, अर्घाखाँची असार १ । अर्घाखाँचिको शितागंगा नगरपालिकाद्धारा शुक्रबार नगरपालिकाका जेष्ठ नागरिकहरु सहित नगरपालिकाका विशेष क्षमता भएका १६ जना अपाङ्ग व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
शितगंगा नगरपालिकाका नगर प्रमूख सुर्य प्रसाद अधिकारीले नगरपालिकाका ८० वर्ष उमेर पार गरिसकेका जेष्ठ नागरिकहरुलाई खादा ओडाई सम्मान गर्नूभएको थियो । नगर प्रमूख अधिकारीले ४७ जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप रेडियो सेट, बलाङ्केट तथा खादाले सम्मान गर्नुभएको हो ।
सम्मान गर्दे नगर प्रमूूख अधिकारीले जेष्ठ नागरिकहरुले मार्ग दर्शन गरेर मात्र हामी अगाडि बड्न सक्ने बताउनुभएको छ । त्यस्तै उहाले कृर्षि क्षेत्रमा उल्लेखनिय योगदान गरेर देशमै केहि गर्न पर्छ भन्ने प्रेरणा प्रदान गर्नूभएका कृर्षकहरुलार्य धन्यवाद समेत दिनुभएको छ । आगामी दिनहरुमा कृर्षकहरुका हरेक समस्याहरुमा नगरपालिका सहयोग गर्न सदैव तयार रहेको भन्दै अपाङगहरुलाई अपहेलना नभएर सम्मान गर्न सिक्नुपर्ने धारण समेत राख्नुभएको छ ।
त्यस्तै सोहि कार्यक्रमबाटै नगरपालिका भित्रका व्यावसायीक रुपमा कृषि पेशामा आबद्ध तथा उत्कृष्ट कृर्षकहरुलाई समेत सम्मान गरिएको छ । नगर भित्रका ८ जना ५० भन्दा बढि बाख्रा पालन गरेका कृर्षकहरुलाई नगद ५÷ ५ हजार नगद तथा खादाले सम्मान गरिएको छ भने २ जना व्यावसायीक तरकारी खेति गर्ने कृर्षहरुलाई खादा र नगदले सम्मान गरिएको छ ।
कार्यक्रममा सितगंगा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेले वडा भित्रका जेष्ठ नागरकि तथा अपाङग् व्यक्तित्वहरु सहित कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै वडा भित्रका नागरीकहरुका सहज सेवा प्रवाहका लागि आफूहरु सदैव तत्पर रहेको बताउनुभएको छ ।
अर्घाखाचिको शितगंगा नगरपालिकाद्धारा पावरा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष दामोदर न्यौपानेको अध्यक्षतामा नगर प्रमूख सूर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यता , नगर उप प्रमूख टिका रेश्मी मगरको विशिष्ठ आतिथ्यता रहेको थियो ।
त्यस्तै शितगंगा नगर उप प्रमूख टिका रेश्मिीले नगरपालिका नगरको विकास र नगरवासीको सहयोगका लागि नयाँ नयाँ योजनाहरु ल्याउनमा लागी परेको बताउनुभएको छ ।
त्यस्तै कार्यक्रममा रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल, पत्रकार अशोक पौडेल लगाएतको आतिथ्यता सहित वडा सदस्य चुमा गाहाको स्वागत मन्तव्य र नगरपालिकाका सामाजिक परिचालक लेखनाथ पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।