सन्धिखर्कमा योजना तुर्जमा सम्बन्धी अभिमुखकीकरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची असार २ गते ।  एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा योजना तुर्जमा सम्बन्धी अभिमुखकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत भएको योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यसका चरण तथा प्राथमिकिकरणको तरिका लगायतका आधारभुत पक्षको बारेमा जानकारी गराइएको थियो ।
तालिममा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसाल, संस्थाका सहजकर्ता तथा पाणिनि बहुमुखी क्याम्पसका उपप्राध्यापक सुरज शारु लगायतले योजना तर्जुमा प्रक्रिया तथा यसको बिधीको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष तथा स्थानीय सभा संयोजक धुर्वराज आचार्यको अध्यक्षता तथा १२ नम्बर वडा अध्यक्ष नारायण खड्का लगायतको आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बिजयमा माबिका प्राचार्य भुपाल खनाल, ज्ञान प्रकाश माबिका प्राचार्य सूर्य बहादुर खनाल, सन्धिखर्क नगरस्वाथ्य इन्चार्ज पूर्ण प्रसाद पराजुली, डिभर्ना स्वास्थ्य चौकी इन्चार्ज सुवास चन्द्र सेर्पाइली लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा १२ नम्बर वडाका अध्यक्ष नारायण खड्काले योजना तुर्जमा सम्बन्धी अभिमुखकीकरणले नगरपालिकालाई दीगो विकासको गतिमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ११ नम्बर वडाध्यक्ष धुर्बराज आचार्यले सन्धिखर्क नगरपालिकाले बस्तिस्तरका योजना छनोट गरी योजनाको प्राथमिकिरण गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रम पारष्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालन तथा वडाध्यक्ष धुर्बराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।