शितागंगामा स्वास्थ्य तथा पुनःस्थापन घुम्ति शिविर सम्पन्न

श्याम घिमिरे
शितागंगा, अर्घाखाँची असार २ । विकलाङ्गमित्र समूह अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्र ( HRDC ) बनेपा द्धारा संचालित सक्षम परियोजनाको आयोजना र शितागंगा नगरपालिका अर्घाखाँचीकोे आर्थिक सहयोग,स्थानीय अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको संयुक्त समन्वयमा सीतगंगा नगरपालिका भित्रका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुकोे निःशुल्क स्वास्थ्य परीक्षण एवं पहिचानका लागि स्वास्थ्य तथा पुनःस्थापन घुम्ति शिविर शनिबार सितगंगामा सम्पन्न भएकोे छ ।
शिविरमा सितगंगाका ६८ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो । जसमध्ये १० जना बालबालिकालाई शल्यक्रियाको लागी मिति तय गरिएको छ भने, १२ जना बालबालीकाको सहायक सामाग्रीको नाप लिएको जनाईएको छ । यस्तै ४ जनालाई सहायक सामाग्री वितरण,औषधी वितरण,फिजियो सेवा, परार्मश सेवा प्रदान गरिएकोे सक्षम परियोजना अर्घाखाँचीका प्रमुख लेखनाथ आचार्यले जानकारी दिनु भयो ।
शिबिर विकलाङ्गमित्र समूह अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्रका अर्थोपेडेकि र्सजन डाक्टर विरेन्द्र चन्दको अध्यक्षता,सितगंगा नगरपालीकाका प्रमुख सुर्यप्रसाद अधिकारीको प्रमुख आतिथ्यता, रक्षा पाण्डेको स्वागत मन्तव्य र सक्षम परियोजना अर्घाखाँचीका प्रमुख लेखनाथ आचार्यको संचालनमा सम्पन्न भएको हो ।
शिविरमा अर्थोपेडेकि र्सजन डा. विरेन्द्र चन्द, डा. आशिष कार्की, फिजियो थेरापिस्ट अर्पणा रेग्मी, सहायक सामाग्री विशेषज्ञ प्रेम भुजेल , दिप न्यौपाने , स्टाफ नर्स रुपा लामा र पुर्नस्थापन सहायकहरुको उपस्थीति रहेको परियोजनाकी रक्षा पाण्डेले जानकारी दिनु भयो ।