सन्धिखर्कको कुरमा जेष्ठ नागरिक सम्मान तथा बिकास निर्माणका कामहरुको अनुगमन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
कुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरेसम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ ।
भुसालले नगरपालिका भित्रका सबै वार्डहरुमा कृर्षि पशुपालन सिपमुलक तालिमलाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु व्यहारमा उतार्न अाग्रह गर्नु भएको हो । 
सन्धिखर्क वार्ड नम्बर २ ले कुरमा  अायोजना  गरेको जेष्ठ नागरिक सम्मान तथा बिकास निर्माणका कामहरुको अनुगमन   गर्दै    नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन अाफसहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबै लाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानी रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकास निर्माण कृर्षि पशु  पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो । 
कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले तालिममा सिकेका कुराहरुलाई व्यहारमा उतार्नु पर्ने बताउदै अब बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको  बताउदै जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउदा अाफुहरु हर्सित भएको बताउनु भयो ।
कार्यक्रममा  वार्ड अध्यक्ष मोतिजग रायमाझी बरिस्ठ जेष्ठ नागरिक डिलाराम भुसाल वार्ड सदस्यहरु वार्ड सचिब बिस्नु अाचर्य लगायतको सहभागीता रहेको थियोे  ।