गोपाल प्रसाद भट्टराई
किमडाँडा, अर्घाखाँची असार २ । जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय ब्यबस्थापन समिति,अभिभावक तथा स्थानिय शुभचिन्तकको उल्लेख्य सहभागितामा विद्यालय हाताभित्रको ३२ रोपनी जग्गामा रहेको झाडी सफाई गरिएको हो ।
बर्षायाम संगै बढेको झाडीका कारण विद्यार्थीहरुमाथी बन्यजन्तुको आक्रमण हुन सक्ने जोखिमलाई मध्येनजर गर्दै विद्यालय हाताभित्र रहेको झाडी सफाई गरिएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।
स्कुल परिसरको बातावरणलाई सुन्दर,शान्त र मनोरम बनाउन विद्यालयसंग सरोकार राख्ने झन्डै एक सय जना स्थानियको सक्रिय सहभागितामा स्कुल परिसरमा रहेका बिभिन्न बुट्यानहरुलाई कटानी गरि सफाई गरिएको अध्यक्ष पोख्रेलले बताउनुभएको छ ।
यसैबिच सरसफाईपछि हिजै पूर्व शिक्षक तथा स्थानिय शिक्षाप्रेमी पिताम्बर बन्जाडे,रामचन्द्र पोख्रेल,वि.व्य.स.अध्यक्ष शिव प्रसाद पोख्रेल,अभिभावक संघका अध्यक्ष पुष्कर बन्जाडे,शिक्षक तथा अभिभावक बिच शैक्षिक प्रगति सम्बन्धि अन्तरक्रियात्मक बैठक समेत सम्पन्न भएको छ ।
प्र.अ.कमल प्रसाद गैरेको अध्यक्षता,शिक्षक शुसिल पोख्रेलको स्वागत मन्तव्य र शिक्षक शालिक बाबु पोख्रेलको संचालनमा सम्पन्न बैठकबाट आज सम्म भएको स्कुलको शैक्षिक प्रगतिको समिक्षा गर्दै देशकै नमुना विद्यालय बनाउने अभियानमा सबैजना एक जुट भएर लाग्ने प्रतिबद्धता गरिएको अभिभावक गाविन्द पोख्रेलले जानकारी दिनुभएको छ ।
प्रत्येक बर्ष स्कुल आउने विद्यार्थी संख्या घट्दै गएपछि विद्यालय संचालनमै चुनौति खेपेको उक्त विद्यालयले यसै शैक्षिक शत्रदेखी निशुल्क रुपमा अंग्रेजी माध्यमको पढाई संचालन गर्दै आएको छ ।
विद्यालयका संस्थापक,स्थानिय शिक्षाप्रेमी तथा अभिभावकहरुकै सक्रियतामा निजि स्रोत बाट चार जना शिक्षक राखेर,कक्षा १ भन्दा तल तिन तहका अतिरिक्त कक्षा थप गरि अंग्रेजी माध्यमबाट पढाई संचालन गरेपछि अहिले भने जनता आधारभुत विद्यालय विद्यार्थी र अभिभावकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ ।
बिगतका बर्षमा कक्षा तिन सम्म ५ देखी ७ जना मात्रै विद्यार्थी रहंदै आएको उक्त विद्यालयमा अहिले ४५ जना विद्यार्थीले अध्ययन गर्दै आएको पत्रकार गोपाल प्रसाद भट्टराईले खबर लेख्नुभएको छ ।