डिभर्ना, अर्घाखाँची असार ०३ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडा नं. १२ मा आज डिभर्नामा जेष्ठ नागरिकहरु सम्मानित भएका छन् ।
सन्धिखर्क नगरपालीका वडा नं.१२ को आयोजनामा ८० वर्ष तथा सो भन्दा माथकिा ४५ जना जेष्ठ नागरीकहरु सम्मानित भएका हुन् । सम्मान कार्यक्रम सन्धिखर्क नगरपालीकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
वडाका ४५ जना जेष्ठ नागरीकहरुलाई नगर प्रमुख भुसालले काँसको थाल , चमनप्रास तथा खादा ओढाइ सम्मान गरे । सामाग्री हस्तान्तरण गर्दै भुसालले समाज परिवर्तनका लागी जेष्ठ नागरीकहरुले पुर्याएको योगदानलाई विर्सन नहुने भन्दै उनीहरुको योगदानले देश विकासमा टेवा पुग्ने बताए । उनले जेष्ठ नागरीकहरुलाई सबैले माया र सम्मान गर्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण खड्काले स्थानिय निकाय मार्फत जेष्ठ नागरीकलाई गरीएको सम्मानले सकरात्मक सन्देश प्रवाह गर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी सदस्य झमक कुमारी श्रेष्ठ , वडा सदस्य नारायण बस्याल , सदस्य हिमकला टोँटा , लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता , वडा सदस्य बाबुराम बस्यालको स्वागत मन्तब्य एंव वडा सचिव रमेश बस्यालको संचालनमा सम्पन्न भएको थियो ।