प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ३ असार । अर्घाखाँचीको सन्धिखर्कमा ग्रामीण सडक मर्मत सम्भार कर्ताहरुको लागि आधारभुत प्राथमिक उपचार तालिम आज देखि सुरु भएको छ ।
जिल्ला प्राविधिक कार्यलय अर्घाखाँची र अन्तराष्ट्रिय श्रम संगठनको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा सञ्चालित तालिममा ग्रामीण सडक सडक मर्मत सम्भार कार्यक्रताहरुको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री चन्द्र प्रसाद बन्जाडले प्राथमिक उपचार तालिम अपरिहार्य भएको बताउदै दुर्घटनामा यसले मानिसको ज्यान बचाउन प्रमुख भुमिका खेल्ने बताउनु भयो ।
पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्यले सडकमा बसेर काम गर्ने सडक कर्मचारीकालागि यो तालिम प्रदान गर्दा ज्यान दुर्घटनाबाट हुने क्षतीको कमी हुने बताउनु भयो ।
तालिमका प्रशिक्षक दिनानाथ आचार्यले तालिमको समयमा ध्यान दिएर सिक्नकालागि आग्रह गर्नु भएको थियो ।
कार्यक्रम जिल्ला प्राबिधिक कार्यलयका निमित्त प्रमुख नविन श्रेष्ठको अध्यक्षता , श्यामानन्द प्रसाद गुप्ताको स्वागत मन्तब्य र युवराज बन्जाडेको सञ्चालनमा सम्पन्न भएको हो ।