अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ३ असार २०७५ । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा अंग्रेजी माध्यमको शिक्षाको नीतिगत व्यवस्था बिषयक समुह केन्द्रीत छलफल छत्रदेबको अर्घातोषमा सम्पन्न भएको छ ।
पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत भएको समुह केन्द्रीत छलफलमा छत्रदेब गाउँपालिकाले निर्माण गर्न लागेको शिक्षा ऐनमा अंग्रेजी माध्यमको शिक्षाको नीतिगत व्यवस्था व्यवस्था गरि पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा सहभागिले जोड दिइएका छन् ।
सहभागिले राज्यले शिक्षामा गरेको लगानीलाई सहि प्रयोग गर्न वर्तमान समय सुहाउँदो र व्यवहारिक शिक्षा अंग्रेजी माध्यममा दिनुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा वडासदस्य ज्ञानबहादुर पाण्डे, वडा सचिव बालकृष्ण पाण्डे, स्थानीय तारा श्रेष्ठ, मिना बि.क, निर्मला खनाल, देबेन्द्रनाथ बञ्जाडे लगायतले समय सापेक्षी शिक्षामा जोड दिनुभएको थियो ।
छत्रदेब गाउँपालिका ८ अर्घातोषका वडाध्यक्ष राजकुमार श्रेष्ठले गाउँपालिकाले अंग्रेजी माध्यमको शिक्षाको प्रारम्भ गरेपनि नीतिगत रुपमा व्यवस्था गर्ने बिषयमा छलफल चलिरहेको बताउनुभयो । उहाँले अंग्रेजी माध्यमको शिक्षाका सुरुवात गर्न दक्ष जनशक्तिको अभाव रहँदै आएको उल्लेख गर्नुभयो ।
पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीले छत्रदेब गाउँपालिकाको शिक्षा नीतिमा आधारभूत तह सम्म अंग्रेजी माध्यमको शिक्षाको नीतिगत व्यवस्थाका लागि पैरबी गर्दै आएको छ ।
कार्यक्रमको सहजीकरण पारस्परिक जवाफदेहिता परियोजनका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ, सामुदायिक अनुन्धानकर्ता सबिता आचार्यले सहजिकरण गर्नुभएको थियो ।