अर्घामा अामासमुहद्दारा आफ्नै श्रमदान प्रतिक्षालय निर्माण

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ९ अर्घामा अामासमुहले अाफैले श्रमदान गरेर  प्रतिक्षालय  निर्माण गरेका छन् ।   
सन्धिखर्क नगरपालिका उपप्रमुख ठकुर कुमार बिकले वार्ड नम्बर ९ अर्घामा निर्माण भईरहेको उक्त प्रतिक्षालय र  बिकास निर्माणका कामहरुको अनुगमन तथा सुपरिवेक्षण गरेका छन् । अाफुहरुको मुख्य दायित्वबाट  पन्छिन नहुने बताउदै नगरउपप्रमुख बिकले कहि कतै चुहाबट हुन नदिनका लागि स्थानियबासीहरुलाई सचेत रहन अाग्रह गर्नु भयो । उहाले भष्टचार मुक्त वार्डहरु बनाउन तथा पारदर्शिता कायम गर्न वार्ड अध्यक्षहरुलाई निर्देशन दिदै अाफुहरुबाट जनताले ठुलो अाशा गरेको बताउदै नगरपालिकालाई नमुना बनाउने महान अभियानमा लाग्न सबैलाई अाग्रह गर्नु भयो । 
बिकले  रोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको थियो । 
योजनाहरुबाट जनता पुर्ण रुपमा सन्तुष्ट हुनेगरि काम गर्नु जनप्रतिनिधिहरुको मुख्य दायित्वबाट पन्छिन नहुने बताउदै गुणस्तरीय काम नगर्ने जो कहिलाई कारबाही गर्ने बताउनु भयो ।
अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवालीले पारदर्शितालाई मुख्य केन्द बिन्दुमा राखेर बिकास निर्माणका कामहरु अगाडि बढाउन अाग्रह गर्नु भयो । कार्यक्रम देब बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो ।