सुर्य भुसाल
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्खिखर्क नगरपालिका वडा न ९ अर्घामा रहेको भगवती आधारभूत विद्यालयमा आज एक कार्यक्रमका विच सन्धिखर्क नगरपालिका बाट विनियोजित बजेट एक लाख बाट विद्यालयमा अध्यनरत विद्यार्थीलाई पोशाक तथा झोला वितरण गरिएको छ कार्यक्रम सनिधखर्क नगरपालिका उपप्रमुख ठाकुर प्रसाद वि.क किशोर को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो
कार्यक्रममा मन्तब्य राख्दै नगर उपप्रमुख ठाकुर कुमार वि.क किशोरले शिक्षामा स्तरन्तोरी गरी विधालयको शैक्षिक गुणस्तरमा बृद्धि गर्नको लागि विद्यार्थी अभिभावक शिक्षकको महत्वपूर्ण भुमिका रहने हुदा यो समनवयलाई टिकाई विद्यालयमा गुणस्तरमा बृदि गर्न र विपन्न र दलित परिबारका विद्यार्थीलाई शिक्षाबाट बन्चीत नगराई विद्यार्थीको हक हितको लागि नगरपालिका जहिले पनि साथ सहयोग रहेको बताउनुभएको थियो । आफु विद्यालयको गुणस्तर स्तर उन्नतिको बृद्धिको लागि पर्ने बताउनुभएको थियो
यसरी मन्तब्य राख्नेमा वडा न ९ का वडा अध्यक्ष देब ब रायमाझी ले शिक्षामा गुणस्तर गरी विद्यार्थीको क्षमता अभिबृद्धि स्तरन्तोरीको लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभएको थियो कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थी करिब ६८ जना झोला तथा पोशाक वितरण गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामजी परियारको अध्यक्षता प्रधानाध्यापक हरि गन्धर्वको सञ्चालन जित ब वि.क को स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।