अर्घाखाँचीमा अघोषित रुपमा हुने लोडसेडिङ्गले सास्ती, किमडाँडाद्दारा ध्यानाकर्षण

गोपाल प्रसाद भट्टराई

किमडांडा, अर्घाखाँची ४,असार  (अर्घाखाँची डट्कम) । लोड सेडिङ्ग मुक्त घोषणा गरिएको अर्घाखाँचीमा अघोषित रुपमा हुने लोड सेडिङ्गले सास्ती खेप्नुपरेको भन्दै किमडांडाबासीले ध्यानाकर्षण गराएका छन् । 
बिद्युत आपूर्तिमा हुने अनियमितताका कारण आफुहरुले दैनिक जसो योजना अनुसार काम गर्न नपाएको भन्दै सन्धिखर्क ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसाल मार्फत विद्युत बितरण केन्द्र अर्घाखाँचीको ध्यानाकर्षण गराएका हुन् । अघोषित रुपमा लोडसेडिङ भएपछि आफुहरु निकै हैरानी भोग्न बाध्य भएको भन्दै किमडांडा बासीले तत्काल विद्युत प्रसारणलाई नियमित गर्न माग गरेका छन् ।
लोड सेडिङ्ग मुक्त जिल्ला भनिएको अर्घाखाँचीमा पटक-पटक बिद्युत गईरहने कारण खानेपानीको समस्या,विद्युतिय उपकरणमा समस्या,विद्यार्थीलाई पढ्नमा समस्याका साथै उद्योगी ब्यावसायीहरू समेत ठुलो मारमा परेको भन्दै यथाशिघ्र विद्युतमा देखिएको समस्या समाधान गर्न वडा अध्यक्ष भुसाल मार्फत विद्युत वितरण केन्द्र अर्घाखाँचीको ध्यानाकर्षण गराएको किमडांडा खानेपानी उपभोक्ता समुहका अध्यक्ष हरी प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो हामीले विद्युक्त आपुर्ति सहज बनाउन माग राख्दै सयौंको संख्यामा वडा कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका छौ,यो ध्यानाकर्षणले पनि समस्या हल नभएमा सिंगो गाउंनै उठेर विद्युत कार्यालयमा डेलीकेशन जानेछौं । बिद्युतको समस्या एक दिन, एक साता वा एक महिनाको नभई महिनौं देखिको समस्या भएकाले आफुहरु हैरान भएर ध्यानाकर्षण गराउनुपरेको जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरका वि।व्य।स।अध्यक्ष शिव प्रसाद पोख्रेलको भनाई छ ।
यता विद्युत कार्यालय अर्घाखाँचीले पनि लोड्सेडिङ मुक्त भनिएको जिल्लामा अघोषित लोड्सेडिङ भईरहेको स्विकार गर्दै यसमा आफुहरुको कमजोरी नभएको जनाएको छ । विद्युत प्रसारण केन्द्र झिमरुकबाटै प्रयाप्त भोल्टेज नआउने समस्याले गर्दा विद्युत प्रसारणमा अनियमितता भएको विद्युत कार्यालय अर्घाखाँचीले दावी गरेको छ । झिमरुक पावर हाउस नियमित संचालन हुनको निम्ती १३२ के।भी।पावर आवस्यक पर्ने तर प्रयाप्त पावर आउन नसक्दा सिष्टम अनियमित हुने गरेको विद्युत कार्यालय अर्घाखाँचीका इलेक्ट्रिक सुपरभाइजर भोला पाण्डेले जानकारी दिनुभएको छ । अघोषित रुपमा हुने लोड सेडिङ्गबाट अर्घाखाँचीवासीले सास्ती खेप्नु परेको समाचार रेडियो अर्घाखाँचीबाट प्रसारण भएपछि हामीसंग कुराकानी गर्दै सुपरभाइजर पाण्डेले भन्नुभयो,“१३२ के।भी।पावर आवस्यक पर्नेमा बेला–बेला १२५–२६के।भी।मात्रै आउंछ,कम आउंदा पावर चल्न सक्दैन,चल्छकी भनेर प्राविधिकले चेक गर्दा लाइन अडिदैन अनि आउने जाने हुन्छ त्यसैले समस्या भएको हो ।”
सरकारले देशभरनै लोडसेडिङ्ग मुक्त गर्ने अभियान चलाउंदा झिमरुक पावर हाउसमा आवस्यक पर्ने प्रायाप्त भोल्टेज नियमित हुंदैन उहांले थप्नुभयो,यसको समाधान हामीबाट हुन सक्दैन, विद्युत अनियमित हुने अहिलेको समस्या आफुहरुका कारणले नभएको दाबी गर्दै यसको समाधानको निम्ती केन्द्रबाटै पहल गर्नुपर्ने सुपरभायजर पाण्डेको भनाई रहेको छ ।स्थानिय स्तरमा अहिले विद्युतिय सिष्टममा समस्या कम भएको र समस्या आइहालेपनि जनशक्ति पर्याप्त भएकोले तुरुन्त हल हुने सुपरभाइजर पाण्डेले बताउनुभएको छ ।