राष्ट्रिय वाणिज्य बैंक सन्धिखर्क शाखाका म्यानेजरले गरे जग्गाको संरक्षण

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  राष्ट्रिय वाणिज्य बैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्ष पछि संरक्षण गरेको छ । 
 जिल्ला वन कार्यालय सँगै जोडिएको बाटो छेउको जग्गा वैंकको हो भन्ने धेरैलाई जानकारी समेत थिएन । वैंकको तिन वटा कित्तामा रहेको १३ आना जग्गाको केहि क्षेत्रफल बाटोले काटिदिएको छ । जग्गालाई फलामका किला र सरिया लगाएर घेरेर राखिएको छ । बैकका प्रबन्धक गोपाल न्यौपानेले जानकारी गराउनु भयो । वैंकले आफ्नो जग्गामा वोर्ड समेत खडा गर्ने र भबन समेत बनाउने तैयारी गरिरहेको छ ।
 
वैंकले आफ्नो जग्गा समयमै संरक्षण गरेर राख्नु पर्ने भएपनि वर्षौंपछि  गोपाल न्यौपाने शाखा प्रमुख भए पछि जग्गाको संरक्षण गरेको हो । वैंकका हालका शाखा प्रमुख गोपाल न्यौपानेले जग्गाको खोजिनिधि गर्न राजनीतिक दल प्रशासन,  नापी, मालपोत, नगरपालिका सरोकारवाला गुहारेका थिए  ।
न्यौपानले वैंकको जग्गा बेवारिसे भएको थाहा पाउना साथ आफू संरक्षण लागेको दावी गर्दै दिन रात नभनि संरक्षणमा लागेको देख्दा स्थानिय दगपरेका थिए ।  ‘भाडाको घरमा बसेर काम गर्दा निकै समस्या भएको छ’ उनले भने,  ‘आफ्नै जग्गामा घर बनाउन पायौं भने ठूलो राहत मिल्ने थियो ।’ उनले वैंकको जग्गामा वन कार्यालयले वाल र मन्दिर निर्माण गरेको बताए । ‘वन कार्यालयले प्रयोग गरेको वैंकको जग्गा सहज ढंगले छाडिदिनुपर्छ’ उनले भने । ‘म अब भवन निर्माणको पहलमा  लाग्ने छु’ उनले थपे ‘मेरो कार्यकालमा सन्धिखर्क शाखालाई साच्चै नै उत्कृष्ट बनाउँछु ।’ 
शाखा प्रमुख भएर आएको दुइ महिना मै उनले वैंकको व्यवस्थापनको पक्षलाई पनि धेरै सुधारेको सेवा ग्राहीहरु बताउछन् । अहिले वाणिज्य वैंकमा सेवाग्राहीले छिटो सेवा पाउन थालेका छन् ।