अर्घाखाँचीमा डिलक्सको नाममा बसहरुद्धारा यात्रुमाथी चरम ठगी

अराज सिहं बेल्बासे 
अमराई, अर्घाखाँची २०७५ असार ४, सोमवार।  अर्घाखाँची सञ्चालन हुने बसहरुले यात्रुहरुलाई ठगी गरेको गुनासो बढेको छ । 
प्रचलित भाडा भन्दा २० देखि ४० प्रतिशत बढी भाडा उठाएको भन्दै यात्रु हरुले गुनासो गरेका छन । खास गरि डिलक्स बसहरुले डिलक्सको भाडा नर्मल भन्दा बढी हुने भन्दै मनपरि भाडा लिने गरेका छन् ।
अमराई बाट गोरुसिगें हिडेका जलुकेका मान बहादुर शारु नियमित जस्तो १२० भाडा दिंदा लु १ ख ९८७८ नम्बरका कन्डेक्टरले १६० भाडा भएको बताए र किन यति धेरै बढेको भनि सोध्दा डिलक्सको नर्मल गाडिको जस्तो नहुने भन्दै सारु सँग १५० भाडा लिए ।
यस्तै अमराईबाट डोहोटे हिडेका एक यात्रु सिट नभएर गल्लिमा उभिएका १०-१२ जना सँगै उभिएर सधै दिने गरेको ७० रुपिया भाडा दिए पनि गाडी धनीले ११० भाडा भन्दै १०० रुपिया लिए तर डिलक्सको नाममा भाडा बढी लिए पछि गाडिमा हुने सेवा सुबिधा तथा सिट भन्दा बढी मान्छे राख्न नपाउने ब्यवस्था भए पनि केहि राहत हुने भन्दै दुख ब्यक्त गरे । यसबारे सोध्दा पश्चिम नेपाल बस ब्यवसायी समिती ठाडाका कर्मचारी नारायण बन्जाडेले २० प्रतिशत बढी लिन सक्ने तर सिट भन्दा बढी राख्नु गल्ती भए पनि बाध्यता भएको बताए २० प्रतिशत बढी भाडा उठाए पनि कुनै सुबिधा यात्रुले पाउने गरेका छैन्न सित भरिएर गल्ली भरी मान्छे गर्मीले पाक्दा पनि गाडीमा रहेका पङखा हरु समेत चल्दैन्न ।
यो त प्रतिनिधी घटना मात्र हो गोरुसिगे सन्धिखर्क सडकमा हरेक दिन यसरीनै यात्रु ठगिने गरेका छन । यसरी यात्रा गर्ने छोटो तथा लामो दुरीका यात्रु बाट मनपरि भाडा उठाउदा यात्रु निकै मर्कामा पर्ने गरेका छन् ।
छोटो दुरीमा हिड्ने यात्रु झनै बढी भाडा तिर्न बाध्य छन सितापुर बाट अमराई तथा अमराइ बाट चाक्ला २० रुपिया भाडा भए पनि डिलक्सले ५० प्रतिशत बढी भाडा लिने गरेका छन् ।