पालीमा अवैध रुपमा संचालित सिरक डसना उद्योग नियन्त्रणमा

अर्घाखाँचीडट्कम संवाददाता 
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीमा अवैध रुपमा संचालित सिरक डसना उद्योग नियन्त्रणमा लिईएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र घरेलु तथा साना उद्योग विकास समितिले गरेको संयुक्त रुपमा बजार अनुगमनको क्रममा पालीको खगडीमा संचालित सिरक डसना उद्योग नियन्त्रणमा लिई कार्वाही गरिएको हो । 
खगडीमा उक्त सिरक डसना उद्योग लामो समय देखि संचालनमा रहेको थियो । नियन्त्रणमा लिईएको सिरक डसना उद्योगलाई लाई आवश्यक कार्वाहीका लागि निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालयले बताएएको छ । 
यस्तै संयुक्त बजार अनुगमन टोलीले पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी र वडा नं. ८ पालीमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी र स्थानीय तहबाट सम्पादित विकास निर्माण, प्रशासनिक र घरेलु बाट सञ्‍चालित ढाका तथा मैनबत्ती तालिमको अनुगमन गरेको थियो ।   
अर्घाखाँची जिल्लाभर पछिल्लो समय बजार अनुगमनलाई तिव्रता दिईएको छ ।