अर्घाखाँचीका टोलटोलमा प्रहरी, सन्धिखर्कमा प्रचारात्मक कार्यक्रम (भिडियो, तस्बिर सहित)
आषाढ़ ५ गते, २०७५ मा प्रकाशित
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । स्थानीय क्षेत्रको शान्ति सुरक्षालाई बलियो बनाउन भन्दै नेपाल प्रहरीले यतिबेला अर्घाखाँचीभर ‘टोलटोलमा प्रहरी’ अभियानको घोषणा गरी बिभिन्न गतिबिधिहरु सन्चालन गरेको छ ।
सोही अनुसार जिल्लाको सदरमुकाम सन्धिखर्कमा मंगलवार प्रचारात्मक कार्यक्रमको आयोजना गरेको थियो ।
यसैबिच सामुदायीक प्रहरी सेबा केन्द्र अर्घाखाँचीको गत शनिबार सन्धिखर्कमा सम्पन्न बैठकले यही असार २ गते देखी असार २५ गते सम्म टोलटोलमा प्रहरी अभियान कार्यक्रम अन्र्तगत बिभिन्न किसिमका जनचेतनामुलक र रचनात्मक कार्यक्रमहरु जिल्लाब्यापी रुपमा सन्चालन गर्ने निर्णय गरेको थियो ।
सामुदायीक सेबा केन्द्रका अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता,प्रहरी नायब उपरीक्षक नबराज मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सामुदायीक प्रहरी सेबा केन्द्र अर्घाखाँचीको अगुबाईमा यही असार ५ गते सन्धिखर्क २ भक्तिटोलमा जनचेतनामुलक सामाग्री बितरण गर्ने,युबाबर्ष रबिचित्र माबि हटारीनेटामा बिद्यालय सम्पर्क कार्यक्रम सन्चालन गर्ने, असार १२ गते शान्ति बगैचा,१६ गते सुपादेउराली मन्दिर र असार २५ गते जिल्ला अस्पताल अर्घाखाँचीमा सडक तथा ट्राफिक नियम,बिभिन्नखाले हिंसा, मानब बेचबिखन र ओसार पसार,धुम्रपान-मध्यपान लागुऔषध,बालबिबाह,बहुबिबाह,आत्महत्या न्युनिकरण र सरसफाई लगायतका चेतनामुलक र रचनात्मक कार्यक्रमहरु सन्चालन गर्ने निर्णय गरेको थियो ।