अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची असार ५ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक कार्यालयको सहकार्यमा ट्राफिक व्यवस्थापन सम्बन्धमा अनुगमन गर्दा सडकको भार वहान क्षमता भन्दा बढी (ओभरलोड) सामग्री ढुवानी गर्ने सवारी साधनलाई कारबाही गरिएको छ ।
कारबाही परेका सवारी साधनबाट जरिवाना वापत रु १९,५००।– (उन्नाईस हजार पाँच सय) राजश्व असुली भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ ।
यस्तै अनुगमनका क्रममा अव्यवस्थित पार्किङ्ग गर्ने सवारी साधनहरुलाई पहिलो पटक सचेत गराउँदै पार्किङ्ग गर्ने स्थान र राख्ने तरिका बारे सचेतना गराईएको थियो ।
सहकार्यको नेतृत्व निमित्त प्रमुख जिल्ला अधिकारी शंकर प्रसाद भुसाल र ट्राफिक प्रमुख (स.ई.) चन्द्रिका प्रसाद चौधरीको अगुवाईमा रहेको थियो ।
गोरुसिङ्गे – सन्धिखर्क सडक जिर्ण बन्दै
नेत्र मरासिनी
सन्धिखर्क, अर्घाखाँची असार ५ । गोरुसिङ्गे देखी सदरमुकाम सन्धिखर्क जोड्ने सडक दिनप्रतिदीन जिर्ण बन्दै गएको छ ।
पुर्व पश्चिम राजमार्ग देखी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने एकमात्र गोरुसिङ्गे सन्धिखर्क सडकमार्ग जिर्ण हुदै गएपछि यात्रा कष्टकर बन्दै गएको हो ।
सडकको दशटन सम्मको भारवहन क्षमता रहेको भएपनी ओभरलोड सवारी गुड्दा सडक जिर्ण बन्दै गएको हो । कम भारवहन क्षमता रहेको साघुरो सडकमा जथाभावी ओभरलोड सवारी गुड्दा सडक भासिने र खाल्डाखुल्डी हुदा दैनिक यात्रा कष्टकर बन्दै गएको यात्रुहरुको गुनासो रहेको छ ।
जिल्ला भित्रीने र बाहिरीने अधिकांस ठुला सवारीसाधनले क्षमता भन्दा बढि भारवहन गर्ने भएपनी सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जिल्लाबाट बाहिरीने काष्ठ जन्य बस्तु, चुनढुङ्गा र भित्रिने इट्टा,वालुवा,गिट्टी जस्ता अधिकांश बस्तु ढुवानी गर्ने सवारीले सडकको क्षमता ख्याल गरेको पाइदैन ।
साघुरो सडकमा साना घुम्ती भएकाले बिपरीत दिशाबाट आउने सवारी लाई साइड दिन समेत निकै समस्या परेको छ । कैयौ पटक सवारी दुर्घटनाको कारण बनेको ओभरलोड प्रतिे जिल्ला द्राफिक प्रहरी कार्यालको समेत ध्यान पुग्न सकेको छैन ।
जिल्ला भित्रिने र बाहिरीने सवारीको भारवहन नाप्ने संयन्त्र नहुदा चेकजाचमा समस्या भएको जिल्ला द्राफिक प्रहरी कार्यालको भनाई रहेको छ । सडकको क्षमता भन्दा बढि भार बोकेर द्राफिक प्रहरीकै अगाडी बाट हुइकिने सवारी प्रती सम्बन्धित निकाय देखेको नदेखै गर्नुले नियमन गर्ने निकाय प्रति शंका बढ्दै गएको छ ।