इण्डोनेसियाको सुमात्रामा डुंगा डुब्दा १८० भन्दा बढी मानिस बेपत्ता

news
इण्डोनेसियाको सुमात्रा टापुमा रहेको तोवा तालमा डुंगा डुब्दा १८० भन्दा बढी मानिस हराइरहेका छन् ।
इदको बिदा मनाउन गएकाहरु दुर्घटनामा परेको बताइएको छ । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको अधिकारीहरुले जनाएका छन् ।
दुर्घटनाको समयमा मौसम बिग्रिएकाले धेरैजसो यात्रु जहाज भित्रै च्यापिएको विश्वास गरिएको छ ।
उद्धारकर्ताहरुले १८ जनालाई भने जिवितै उद्धार गरेको जनाएका छन् । 
इण्डोनेसियामा ४० प्रतिशत डुंगा दुर्घटना मानवीय त्रुटीका कारण र १२ प्रतिशत खराब मौसमका कारण हुने गरेको तथ्यांक छ । (एजेन्सी)