प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको चरम लापरबाहीका कारण नयाँ बसपार्कमा हरेक शुक्रबार लाग्ने हाडबजार फोहोरको डंगुरले दुर्गन्धित भएको छ ।
सन्धिखर्क नगरपालिकाको चरम लापरबाहीका कारण यहाँ लाग्ने हाडबजार क्षेत्रमा वर्षौ देखि फोहोरको डंगुरले भरिएको हो । नगरपालिकाले हाडबजार व्यापारीहरुसँग मार्सिक २८ हजार रुपैया लिने गरेता पनि यहाँ सरसफाई, मर्मत – निर्माण केही गरेको छैन् ।
यहाँ जताततै फोहोर र दुर्गन्धित त छदैछ त्यो माथि सार्वजनिक शौचालय प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको छ । फोहोर लेदो जमेर हरियो हुँदा समेत सन्धिखर्क नगरपालिका भाडा, कर र फुटपाथ पसलबाट रकम असुली मात्र गरिरहेको र सरसफाई, मर्मत केही नगरेको भन्दै त्यस ठाउँका व्यापारीहरूले गुनासो गरेका छन् । नगरपालिकाले फोहोर, पानी र ढलको निकास व्यवस्थान नगर्दा बसपार्क क्षेत्र दुर्गन्धित भएको र पसलमा बस्न पनि समस्या भएको त्यहाँका व्यापारीहरुले बताएका छन् । व्यापारीहरूले होटेल, पसल सञ्चालन गरेर बस्न समेत कठिन भएको र पानी र फोहोरका कारण ग्राहक पसलमा छिर्न समेत समस्या भएको छ ।
सन्धिखर्कका मेयर कमल प्रसाद भुसाल र उपमेयर ठाकुर कुमार बिकले आफ्नो मिलिमेतोमा सडक, निर्माण ठुला ठुला ठेक्का, योजनामा ठेकदारहरुका कामलाई प्राथमिकता दिने, उनका कामको अनुगमन गर्ने गरेको ति व्यापारीहरूको भनाई छ ।
सन्धिखर्कको यस बसपार्क क्षेत्रमा दैनिक हजारौ मानिसहरु नाक छोपेर, मास्क लगाएर आवतजावत वाध्य भएका छन् । दुर्गन्धलेे झाडापखाला लगायतका सरुवा रोगको महामारी फैलिन सक्ने चिकित्सकहरू बताउँछन्।