अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ पक्की पुल निर सुविधा सम्पन्न साथी होटल प्रालि पुन: संचालनमा आएको छ । होटलको पुर्ब उपप्रधानमन्त्री प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले बुधवार उदघाटन गरेका थिए ।
उदघाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, निमित्त प्रजिअ शंकर भुसाल, उधोग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ पत्रकार महासघका अध्यक्ष हिम जिसी लेकाली लगायतको सहभागीता रहेको थियोे ।
गत वर्ष मा बन्द गरिएको होटेललाई एभरेस्ट होटल संचालक सन्धिखर्क निबासी राजेन्द्र जिसी र तिलक जिसीले सन्चालनमा ल्याउने भएका हुन् । यस अगाडि १० करोड लगानी गरेर स्थानीय बाबुराम भुसालले चलाएको साथी होटल सूचना टाँसेर बन्द गरिएको थियो ।
उता सदरमुकामका साना खुद्रा व्यवसायको कारोबारमा ह्वात्तै गिरावट छ । संघीय संरचनाअनुसार स्थानीय तहको चुनाव हुनुअघि जिल्ला सदरमुकाममा निकै चहलपहल हुन्थ्यो । जनप्रतिनिधि चुनिएपछि गाउँमा स्थानीय तह सञ्चालनमा आए ।
त्यसपछि विषयगत कार्यालयका विकास शाखा खुलेर जनप्रतिनिधि, कर्मचारी, नेता, उपभोक्ता र सर्वसाधारणको जमघटले गाउँमै रौनकता ल्यायो । यसपछि भने सदरमुुकाम सुनसान हुन थालेका छन् ।
विकास योजना माग्न सदरमुकाम आउने सर्वसाधारण अहिले स्थानीय तहकै कार्यालय जान्छन् । गाउँ केन्द्रित भएपछि जिल्ला कार्यालयमा भीडभाड निकै कम भएको स्थानीयले बताए ।