सन्धिखर्कमा चाैथाे अन्तर्राष्ट्रिय याेग दिवस मनाइयो (भिडियो तस्बिर सहित)


सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । चाैथाे अन्तर्राष्ट्रिय याेग दिवस अर्घाखाँचीकाे सन्धिखर्कमा पनि मनाईएको छ ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले मानिस स्वास्थ रहनका लागि योगा महत्त्वपूर्ण भएको बताउनु भएको छ । उहाले अाफुपनि योगा गर्ने बानीमा केन्दित रहेको बताउदै योगाको बिकासका लागि अाफुहरुले सहयोग गर्ने बताउनु भएको हो ।
पतनजलि योगसमिति अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको चौथो बिश्व योगदिबसको अबसरमा  अायोजना गरेको बिषेश कार्यक्रममा बोल्दै   नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन अाफसहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानी रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्ने चेताबनि दिनु भयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी शंकर भुसालले सु-सासन कायम गर्नका लागि स्थानिय प्रसासन पुर्ण रुपमा प्रतिबद्द रहेको बताउदै ढिला सुस्ति अनियमितता गर्ने जो कोहिलाई नछाड्ने चेतावनी दिनु भयो । उहाले योग गर्नाले मानिस स्वास्थ रहने बताउदै सबैको योगप्रति अाकर्षण बढेको बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबराज मल्ल सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे उधोग बाणिज्य सघका अध्यक्ष युवराज श्रेष्ठ पत्रकार महासघका अध्यक्ष हिम लेकाली पतनजलि योग समितिकि केन्द्रीय सदस्य शान्ता खत्रि लगाएतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम पतनजलि योग समितिका अध्यक्ष प्रेमलाल पोख्रेलको अध्यक्षता युवा पतनजलि प्रशिक्षक लक्षमण पराजुलीको सन्चालन पुष्पा न्यौपानेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।