शोभाखर पन्थी
शंखेटारी, अर्घाखाँची असार ७ । पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । मूलुकमा राजनैतिक परीवर्तन भएपनि शैक्षिक क्षेत्रमा सुधारहुन नसकेको उनको भनाई छ ।
निःशुल्क रुपमा शिक्षा आर्जनगर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएपनि भौगोलिक बिकटता,आर्थिक बिपन्नता र जनचेतनाको कमिका कारण बालबालिकाहरु उचित शिक्षा लिन बाट बञ्चित भएको उनले बताए । शिक्षा क्षेत्रमा व्यापारीकरण को अन्त्यहुनुपर्नेमा उनले जोडदिए ।
भगवती माध्यमिक बिद्यालय सन्धिखर्क २ शंखेटारीद्वारा आयोजित कार्यक्रममा मन्तव्य राख्दै रायमाझीले गरिब बालबालिकाहरु शिक्षा आर्जन गर्नबाट बन्चित हुनु मूलुकको लागि निक्कै दुर्भाग्य पुर्ण भएको बताउँदै पैसा नभएर पढ्न नपाउने र पैसा कै भरमा डिक्रि हासील गर्ने परीपार्टीको अन्त्यगर्ने दाबी गरे । राज्यले लगानी गरे अनुसार शिक्षा क्षेत्रमा उपलब्धि हासील हुन नसकेको धारणा राख्दै उनले सामुदायीक बिद्यालयको सुधारमा बिशेष पहल गर्नुपर्नेमा जोडदिए ।जनवादी, बैज्ञानिक र व्याबसायीक शिक्षाको लागि आफूले पहल गरिरहेको उनको भनाई थियो ।
अर्घाखाँची जिल्लाका बिजयी सांसद समेत रहेका रायमाझीले जिल्लाको बिकास र सम्बृद्धिको लागि आफु निरन्तर खटेको बताए । सबैको साथ र सहयोग पाए जिल्ला लाई देशकै नमुना जिल्ला बनाएर देखाउने उनको दाबी थियो ।
कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क.किशोरले मूलुकमा राजनैतिक परीवर्तन भएपनि जनताको जिबनस्तरमा कुनै सुधार हुन नसकेको बताए । शिक्षा,स्वास्थ्य लगायत जनताका आधारभूत आवस्यकताका कुराहरु पूर्णरुपमा निःशुल्क हुनुपर्नेमा उनको जोड थियो । उपप्रमुख बि.क.ले शैक्षिक गुणस्तर बृद्धिको लागि स्थानीय सरकारले बिशेष कार्यक्रम ल्याउने बताउँदै आ आफ्नो क्षेत्र बाट सहयोग गर्न आग्रह समेत गरे ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिबहरी पौडेलको अध्यक्षता र शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड नं.२ का वार्ड अध्यक्ष मोतीजङ्ग रायमाझी, बिद्यालयका प्र.अ. श्याम बहादुर भुसाल, समाजसेवी काजिमान रायमाझी, तुल्सीराम गैरे लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।