अर्घाखाँचीमा सरकारी गाडीको व्यापक दुरुपयोग, कारबाही भएन्
आषाढ़ ८ गते, २०७५ मा प्रकाशित
प्रेम खड्का
हाडबजार, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कर्मचारीले सरकारी नम्बर प्लेटका मोटरसाइकलको व्यापक दुरुपयोग गर्ने गरेका छन् ।
स्थानीय कर्मचारीले शुक्रबारका दिन बसपार्क क्षेत्रमा लाग्ने हाडबजारमा उक्त मोटरसाईकलको प्रयोग गरी दुरुपयोग गरेका हुन् । हाडबजारमा लु १ ब १६४० नम्बर प्लेटको मोटरसाईकल प्रयोग गरी बंगुरको मासु किन्न आएको देखिएको हो ।
सरकारी गाडी प्रयोग गरी सोपिङ, घुम्न जाने यहाँ नौलो कुरा होइेन् । सरकारी गाडीहरु प्राय मासु, तरकारी किन्ने ठाउँहरु देखिन्छन् ।
बिदाको दिनमा सरकारी मोटरसाइकल दुरुपयोग गरिनु कर्मचारीको दम्भ प्रमुख कारण रहेको बसपार्कका एक व्यापारी बताउन्छन् । सरकारी नम्बर प्लेटको दुरुपयोग यो नौलो कुरा होइन् । थुप्रै हाकिम सापले श्रीमती माइत पठाउन, बिदामा घुम्न, आफन्तजन भेट्न वा ओसार्न, छिमेकमा कोठा सार्न सरकारी गाडी नै प्रयोग गर्छन्, ति बसपार्कका एक व्यापारीले बताए ।
उता प्रहरीले सरकारी नम्बर प्लेटका सवारी साधनहरुलाई पनि निगरानी बढाएको बताएपनि कारबाही हुन सकेको छैन् ।
बिदाको दिनमा सरकारी गाडी चलाऊन परेमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट अनुमति लिएको खण्डमा मात्रै प्रयोग गर्न पाउने कानुुनी व्यवस्था रहेको छ ।