अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अब प्रत्येक शनिबार पसल बन्द गरिने भएको छ ।
अर्घाखाँची उद्योग बाणिज्य संघले अब देखि हरेक शनिबार पसल बन्द गर्ने गरेको निर्णय अनुसार आज शनिबार सन्धिखर्क, चुत्राबेशी बजार बन्द रह्यो ।
साताको एक दिन व्यावसायीहरुले आफ्नो व्यावसायलाई व्यवस्थित गर्ने र आर्थिक कारोबारको अनुपात मिलाउन भन्दै संघले बन्द गराउन आव्हान गरेको छ । उता चाडपर्वको समयमा भने सामान किनमेल गर्न सहज होस् भनी शनिबार पनि पसल खुला हुनेछन् ।
सेवा व्यवसायहरु होटल, रेष्टुरेण्ट, मेडिकल जस्ता अतिआवश्यक बाहेक अन्य सबै व्यवसायहरु हरेक शनिबार विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
उद्योग बाणिज्य संघको नियमको उलंघन गर्दै केही व्यवासायीहरुबाट निर्णय विपरित शनिबार पसल खुल्ला राखिएकोले कारवाही गर्ने भएको छ ।