भूमिकास्थान नगरपालिका वार्ड नं.८ नुवाकाेट हटिया देखि वार्ड नं. ९ ढिकुरा सुरसिङ्ग पारी चिन्तेपेराे जादै गरेको बस । २०७५ वैशाख १६, आइतवार फाइल तस्बिर
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची असार ०९ (अर्घाखाँचीडट्कम) । ३ दशक पहिले सम्म डोकोमा कपिलवस्तु बाट नुन तेल बोकेर दैनिक जिबीको पार्जन गर्दै आएका अर्घाखाँचीका बासीन्दाले अहिले घरबाटै गाडि चडेर यात्रागर्न थालेका छन् ।
२०४३ सालमा पहिलो पटक सदरमुकाम सन्धिखर्कमा मोटर आएकोमा अहिले गाउँ गाउँमा गाडिको सुबिधा पुगेकोछ । टोलटोलमा पुगेका कच्ची सडकले यहाँका बासीन्दाको यात्रालाई सहज बनाएको छ । हिउँदमा यात्राको लागि सहज भएपनि बर्षादको समयमा भने बिकट ग्रामिण क्षेत्रमा यातायात संचालनमा थुप्रै चुनौती थिए ।
प्रदेश सभाले पहिलो पटक ल्याएको बजेट पछि भने यहाँका बासीन्दा स्तरीय सडकमा यात्रा गर्न पाउनेमा ढुक्क छन् । प्रदेश सरकारले अर्घाखाँची जिल्लामा सडक निर्माण र स्तरोन्नतीमा करीब १ अर्ब रुपैयाँ बिनीयोजन गरेको छ । जुन रकम जिल्लाको निम्ति पर्याप्त भएको स्थानीयको बुझाई छ । स्थानीय बासीन्दा जिल्लामा आउने बजेट लाई प्रभावकारी रुपमा कार्यान्वयन गराई जिल्लालाई नमुना जिल्लाको रुपमा बिकास गर्ने तयारीमा छन् ।
अर्घाखाँची जिल्ला क्षेत्र नं.१ प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले पूर्वाधार बिकासको मेरुदण्डको रुपमा रहेको सडक निर्माण लाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताए । उनले खानेपानी, सिंचाई, कृषि,स्वास्थ्य, शिक्षा, पर्यटन लाई समेत प्राथमिकतामा राखेर बजेट बिनीयोजन गराउन सफल भएको बताउँदै रोजगार मुलक कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको दाबी गरे ।
बिनीयोजित बजेट अनुसार रिडी, बल्कोट, माडीचौर , सुलिचौर सडकमा १ करोड ८४ लाख,केरुङ्गा, पिप्ली, धरम्पानी, -याले, सिमिचौर सडकमा १ करोड २६ लाख,च्यानडाँडा ,खनदह,डाँडा कटेरी सडकमा ३ करोड २४ लाख, सन्धिखर्क, मसुरपाटा, राईखन्ने, बामरुक, भुमेकास्थान सडकमा १ करोड १० लाख,तम्घास, सन्धिखर्क, प्युठान सडकमा ४ करोड, बिहार, डिभर्ना, जोगिमारे, बडाचौर,मुसामारे,चौरी सडकमा १ करोड ३१ लाख ६० हजार, खगडी , दुन्दु्रक,बल्कोट, राङ्गवास, गुल्मी सडकमा १ करोड ३१ लाख ६० हजार, ढोबाट, अल्गाटारी, सातबिसे, भेंडिराख्ने सडकमा १ करोड ३१ लाख ६० हजार,सन्धिखर्क ,गाँजरी, हिले,भेंडिराख्ने, आल्सामारी, गुफा, सुख्ल, गुल्मी सडकमा १ करोड ३१ लाख ६० हजार,बिहार,रामपथ,मखात, खन, खनदह सडकमा १ करोड ३१ लाख ६० हजार,दमार, राज्मे, ओखटे, गोखुङ्गा सडकमा १ करोड ३१ लाख ६० हजार,नेटाखर्क, चेक्मी, सुन्दरपोखरा, अमिले, गर्छा, दारेगौडा सडकमा १ करोड ३१ लाख ६० हजार,ढुङ्गाडे, ठुलाखर्क,काफल ठँुटा,पजिङ्खोला, दोबाटा, गोखुङ्गा सडकमा १ करोड ८१ लाख ६० हजार,भालुवाङ्ग, नुवाकोट, पकले, गुनाथुम, गुफा, खरबाङ्ग सडकमा १ करोड ३१ लाख ६० हजार,सन्धिखर्क, आटेकासाँगु, खन, खनदह सडकमा २ करोड,डिभर्ना जरेखोला, ठुलापोखरा,छत्रगञ्ज, मोडेल चौर,सिमिचौर सडकमा २ करोड, खरज्याङ्ग, ठुलाखर्क, दुन्द्रुक, महपोखरी, चौवा, मिल्मीले, चिदीपानी, चौरी सडकमा ५० लाख,देउराली,बामरुक,बाजाखर्क सडकमा ५० लाख, गच्छे,ढिकुरा,लामाताल,भालुबाङ्ग सडकमा ७ करोड ८४ लाख,पटौटी,खरज्याङ्ग,तम्घास सडकमा ७ करोड ७५ लाख,भन्ज्याङ्ग,धातिबाङ्ग,नेटा सडकमा १ करोड ३१ लाख ६० हजार,दुर्गा,फर्सवा,देबलचौर सडकमा ५० लाख,देउराली ,दर्नेटा सडकमा ५० लाख,घुम्ती,पाल्पा सडकमा २ करोड ९१ लाख, निगाली,नेटा,सुबर्णखाल,बुढीचौर,दक्सुपाटा,पद्मे,जुकेना सडकमा ५० लाख,ठाडा,जुकेना सडकमा ५१ लाख,चाक्ला,जुकेना,जलुके,ऐरावती,दर्वाङ्ग,बरौला सडकमा १ करोड २६ लाख, नरपानी,खाँची, ढिकुरा, पोख्रेडाँडा, पकले, हिले, भेंडीराख्ने सडकमा २ करोड, सन्धिखर्क, नुवाकोट, खिल्जी, असुरकोट , प्युठान सडकमा २ करोड ९१ लाख,सन्धिखर्क,पकले,धारापानी,ढाकाबाङ्ग,राज्मे सडकमा ९९ लाख,सोही ठाउँको साउनेखोला पुल निर्माणमा ५५ लाख र रामपुर, पाल्पा, छहरा, सन्धिखर्क, प्युठान, रोल्पा, रुकुम, कपुरकोट सडकमा ५ करोड लगायतको रकम रहेको छ ।
यसैगरी बहुप्रतिष्ठित सालझण्डी सन्धिखर्क ढोरपाटन सडकमा केन्द्रिय सरकार बाट २३ करोड,भुकम्प पुननिर्माण प्राधिकरण अन्तरगत धारापानी,उपल्लापोखरा,ढाकाबाङ्ग,गोखुङ्गामा २४ करोड तथा चाक्ला,सिद्धारा सडकमा २४ करोड रुपैयाँ बिनीयोजन भएको छ ।
जिल्लामा सडकको संख्या बढाउने भन्दा पनि भएका सडकलाई स्तरोन्नती गर्दै केहि बर्ष भित्रमा सबै वार्डमा पुग्ने सडक पिच गर्ने तयारीमा जुटेको सांसद आचार्यले बताए । उनले भरी गाडी ल्याएर खालीगाडी पठाउनु पर्ने बाध्यताको अन्त्यको लागि व्यबसायीक र आधुनिक कृषिमा जोड दिने बताए ।