भूमिकास्थान नगरपालिका ४ मा विकलाङ्गमित्र समूहको अभिमुखीकरण कार्यक्रम सम्पन्न

श्याम घिमिरे
भूमिकास्थान, अर्घाखाँची असार ९  ।  विकलाङ्गमित्र समूह अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्र ( HRDC ) बनेपाद्धारा संचालित सक्षम परियोजनाको आयोजना र सिविएम को आर्थिक सहयोगमा भूमिकास्थान नगरपालीका वडानम्बर ४ मा शुक्रबार अपाङ्गता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ । 
भुमिकास्थान नगरपालिका वडा नं ४ का अध्यक्ष बावुराम सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय जनप्रतिनिधि , विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिती अध्यक्ष धारापानि प्रहरीचौकीका प्रमुख, स्थानिय समाजसेवि, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका लगायत ३५ जनाको उपस्थितिमा रहेको थियो । 
कार्यक्रममा मनतब्य राख्दै प्रमुख अतिथि सुनारले कार्यक्रम नयाँ जिवन उपयोगी र सान्र्दभिक रहेको बताउनु भयो । उहाँले संस्थाले गरेका कामको प्रशंसा गर्दै यस क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रमका संस्थाका अध्यक्ष लेखनाथ आचार्यले संस्थाको परिचय,अपाङ्गता हुने कारण,रोकथाम, उपचार पद्धती,अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहँुच बृद्धिकालागी संविधानमा उल्लेखित व्यवस्थाको बारेका प्रस्तुतीकरण गर्नु भएको हो । कार्यक्रम सक्षम परियोजना अर्घाखाचीका प्रमुख लेखनाथ आचार्यको अध्यक्षता रक्षा पाण्डेको संचालन  र नारायण खनालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।