अर्घाखाँचीडट्कम संवाददाता
खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ खिल्जीमा धामाधम पोखरी निर्माण कार्य भईरहेको छ ।
खिल्जीको डाँडागाउँमा गाँउलेहरूको सक्रियता डाँडागाउँ दुई वटा पोखरी निर्माण गरिएको छ । स्थानियको सक्रियतामा पानीको मुहानहरू संरक्षण गर्ने उदेश्यले पोखरी निर्माण गरिएको हो ।
७० घरधुरी रहेको उक्त गाउँमा सेङ्लेङ् र स्थानिय दुई मुहान गरि तीन मुहानको पानी प्रयोगमा ल्याइएको छ ।
जिल्लाका अधिकांश ठाउँहरुमा मुलहरू सुक्दै गएका कारण खानेपानीको चरम अभाव हुन थालेको छ। अर्घाखाँचीमा दश घर एक पोखरी अभियान संचालन गरिएको छ। परम्परागत रुपमा गाउँ ठाउँमा रहेका पोखरी संरक्षणको अभावमा लोभ हुन थालेपछि पुनः पोखरी निर्माण अभियान सुरु गरिएको हो।