अर्घाखाँचीमा एसईई परीक्षाको नतिजामा सनराइज बोर्डिङ डिभर्नाका कमल कुवर सर्बोत्कृष्ट

सनराइज ईङ्गलिस बोर्डिङ स्कूल झेडी, डिभर्ना । 
शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची  असार १० (अर्घाखाँचीडट्कम) ।  एस.ई.ई.परिक्षाको नतिजा आएको २ दिन सम्म पनि  शिक्षा बिकास तथा समन्वय ईकाई अर्घाखाँची नतिजा प्रति अनबिज्ञ छ । 
कार्यालय सँग जिल्लाका कति बिद्यार्थी कुन गे्रडमा उत्तीर्ण भए भन्ने कुनै ठोस आधार छैन ।
राष्ट्रिय परक्षिा वोर्डले स्कूलगत बिवरण हाल सम्म उपलब्ध नगराएकोले आफुहरुले आधिकारीक रुपमा जानकारी दिन नसकेको शिक्षा बिकास तथा समन्वय ईकाईका अधिकृत चोपलाल बेल्बासेले बताए । 

जिल्लामा सबै भन्दा बढी जि.पि.ए. कुन बिद्यालयका कुन बिद्यार्थीले ल्याए भन्ने कुराको आधिकारीक जानकारी नभएपनि केही बिद्यालयले आफ्ना बिद्यार्थीले जिल्लामा उत्कृष्टता हाँसिल गरेको दावी गरेका छन् । 
बिद्यालयको दाबी अनुसार सबै भन्दा बढी ३.८५जि.पि.ए. ल्याई सनराइज ईङ्गलिस बोर्डिङ स्कूल सनपा डिभर्नाका कमल कुवर जिल्लामा सर्बोत्कृष्ट भएका छन् । 
यसैगरी युवाबर्ष जनता रबिचित्र मा.बि. हटारीका सागर गिरीले ३.८०,सन्ध्या वाग्लेले ३.७५, सन्धिखर्क ग्रिन ईङ्गलिस बोर्डिङ स्कूल सनपा चुत्राबेसीकी सानिया भुसालले ३.७० जि.पि.ए.ल्याएका छन् । 
२०७४को एस.ई.ई. परिक्षामा अर्घाखाँची बाट २ हजार ९ सय ३३ छात्रा र १ हजार ५ सय ८५ छात्र गरी कुल ३ हजार ५ सय १८ जना परिक्षार्थी परीक्षामा समाबेस भएका थिए ।